बुवाको निधनपछि ओली अस्पतालमा

बुवाको निधनपछि ओली अस्पतालमा

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ। पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पत्नी राधिका शाक्यसहित भक्तपुरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा पुगेका छन् । बुबा बुवा मोहनप्रसाद ओलीको निधन भएपछी उनी गएका हुन् । उनले भावुक हुँदै बुवाप्रति श्रद्धाञ्जली अर्पण गरे । शुक्रबार बिहान ९७ वर्षका मोहनप्रसाद ओलीको उपचारका क्रममा निधन भएको हो। उनको पार्थिव शरीर अस्पतालमै राखिएको छ र आफन्त, नातेदार तथा पार्टीका नेता–कार्यकर्ताले श्रद्धाञ्जली अर्पण गर्न भिड लागेको छ ।

मोहनप्रसाद ओली गठ्ठाघरस्थित छोरीको निवासमा बस्दै आएका थिए। स्वास्थ्यमा समस्या देखिएपछि राति उनलाई अस्पताल ल्याइएको थियो। दिवङ्गतका दुई छोरा र तीन छोरी रहेका छन्। उनको पार्थिव शरिरलाई आजै पशुपति आर्यघाटमा अन्त्यष्टी गरिने एमालेले जनाएको छ ।

Skip This
Skip This
Logo