काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषा–१ का उम्मेदवार किशोरी साह ‘कमल’ को उम्मेदवारी खारेजसम्बन्धी मुद्दा सर्वोच्च अदालतको ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ। न्यायाधीश शारङ्ग सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासमा मुद्दा यस सूचीमा राखिएको हो।
निर्वाचन आयोगले १८ फागुनमा साहको उम्मेदवारी रद्द गरेको थियो। आयोगको निर्णयका अनुसार साह कर्जा सूचना केन्द्रको कालोसूचीमा थिए। साहले सर्वोच्चमा रिट हालेका थिए र बिहीबार अदालतले कालोसूचीमा नराख्न अन्तरिम आदेश जारी गरेको थियो।
अन्तरिम आदेशसँगै रास्वपा उम्मेदवार साहको उम्मेदवारी कायम हुने बाटो खुलेको छ। आयोगले धनुषा–१ मा नेकपा उम्मेदवार मातृकाप्रसाद यादवलाई प्रमाणपत्र हस्तान्तरण गरेको भए पनि निर्वाचन परिणाम घोषणा गरेको थिएन।
निर्वाचन क्रममा मतदाताहरूले साहलाई मतदान गरेका थिए। मतपरिणामअनुसार यादवले १०,४३०, कांग्रेसका रामपल्टन साहले ९,५०२ र एमालेका रामचन्द्र मण्डलले ९,३१५ मत प्राप्त गरेका छन्।































प्रतिक्रिया