रवि लामिछानेलाई घरमै गएर भेटे बालेनले

रवि लामिछानेलाई घरमै गएर भेटे बालेनले

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने चुनावको धपेडीका कारण अस्वस्थ बनेका छन् । रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह हिजो लामिछानेलाई उनको निवासमै पुगेर भेटेका छन् । चुनावको नतिजापछि उनीहरुको पहिलोपटक भेट भएको हो ।

लामिछानेलाई केही दिनदेखि ज्वरो आइरहेको छ । चेकजाँचका क्रममा पिशाबमा इन्फेक्सन देखिएको थियो । उनी नियमित औषधि सेवन गरिरहेका छन्, तर ज्वरो रोकिएको छैन । चिकित्सकले अझै एक–दुई दिन आराम गर्न सुझाएका छन् ।

रास्वपाले समानुपातिकमा पठाउने उम्मेदवारहरु छान्नुपर्ने र बालेन नेतृत्वको मन्त्रीपरिषदको पनि गृहकार्य गर्नुपर्ने विषयमा रवि र बालेनबीच सामान्य छलफल भएको स्रोतले बताएको छ ।

Logo