तामाङको टिप्पणीपछि बास्कोटाको जवाफ :म अवसरका लागि गुट फेर्ने पात्र होइन

तामाङको टिप्पणीपछि बास्कोटाको जवाफ :म अवसरका लागि गुट फेर्ने पात्र होइन

केन्द्रबिन्दु
3
Shares

काठमाडौं। नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीभित्र उठेको आलोचनापछि नेता शेरबहादुर तामाङमाथि कडा टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले आफू पदका लागि गुट बदल्ने वा पार्टी फुटाउने राजनीतिमा नलागेको दाबी गरेका छन्।

बास्कोटाले २०३८ सालदेखि यताको राजनीतिक इतिहास हेर्न आग्रह गर्दै आफूलाई अवसरवादको आरोप लगाउनेहरूकै भूमिकामाथि प्रश्न उठाएका छन्। उनले आफ्नो मत सार्वजनिक गरेकै कारण तामाङले व्यक्तिगत रूपमा आक्रमण गरेको टिप्पणी गरेका छन्।

उनका अनुसार आफू व्यक्तिगत स्वार्थका लागि गुट परिवर्तन गर्ने वा पद प्राप्तिका लागि पार्टी फुटाउने प्रवृत्तिमा नरहेको दाबी गरेका छन्।

यसअघि एमाले नेता शेरबहादुर तामाङले आफ्नो क्षेत्रमै मत जोगाउन नसक्ने नेताहरूले नेतृत्वको राजीनामा माग्ने नैतिकता नभएको टिप्पणी गरेका थिए। सोही अभिव्यक्तिलाई लक्षित गर्दै बास्कोटाले सामाजिक सञ्जालमार्फत प्रतिउत्तर दिएका हुन्।

सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्ने तामाङ र काभ्रेका बास्कोटा दुवै पूर्वमन्त्रीसमेत हुन्

Logo