काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले उपमहासचिव योगेश भट्टराईले निर्वाचनकालीन जिम्मेवारी नपाएको दाबी खण्डन गरेका छन्।
पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन् कि योगेशले मागेका जिम्मेवारीमा उनी वक्ताका रूपमा विभिन्न स्थानमा जान पाएका थिए र समय मिलेमा दाङमा समेत आउन अनुरोध गरिएको थियो। तर, योगेशले ताप्लेजुङ जानुपर्ने बताउँदा त्यसलाई स्वाभाविक रूपमा लिइएको उनले बताए।
‘अहिले उहाँका नाममा सम्प्रेषित समाचारबाट म आश्चर्यचकित छु। सायद योगेशजीको भनाइको अधुरो अंश मात्र सम्प्रेषण भएको हुन सक्छ। भ्रम नपरोस भनेर मात्र स्पष्ट पार्दै छु,’ पोखरेलले भने।






























प्रतिक्रिया