केन्द्रबिन्दु विशेष संवाददाता, काठमाडौं ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराज दुई दिने नेपाल भ्रमण पूरा गरेर स्वदेश फर्केकी छन् । "/>

स्वराज किन आइन् ? प्रचण्ड र ओलीमात्रै जानकार

स्वराज किन आइन् ? प्रचण्ड र ओलीमात्रै जानकार

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु विशेष संवाददाता, काठमाडौं ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराज दुई दिने नेपाल भ्रमण पूरा गरेर स्वदेश फर्केकी छन् । तर, निर्वाचनपछि नयाँ जनमत आएस्ँगै छिमेकी देशबाट पहिलोपटक भएको उच्चस्तरको भ्रमण विवादित भएको छ ।

स्वराजको नेपाल भ्रमण गलत समयमा भएको धारणा कुटनीतिक वृत्तबाट भएको छ । स्वराज नेपाल भ्रमण आउ“दा सरकारसँग भन्दा पनि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग समन्वय गरेको पाइएको छ ।

स्वराजको भ्रमणमा सरकार भने बेखबरजस्तै हुनु, ओली र दाहालसँग ‘वान–टू–वान’ भेट गर्नुलगायतले भ्रमणलाई फरक कोणबाट हेरिएको छ । ओली र दाहालले आफ्नै पार्टीका नेताहरुलाई पनि भ्रमणबारे खुलाएका छैनन् । ओलीले भ्रमणबारे आफूनिकट नेता विष्णु पौडेललाई समन्वयका लागि खटाएका थिए ।

ओलीले होटल सोल्टीमा सुरुमा ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, विष्णु रिमाल, डा. राजन भट्टराईलाई राखेर स्वराजसँग भेट गरे । त्यसपछि स्वराजसँग आधा घण्टा ‘वान–टू–वान’ भेट गरे । भेटमा एमालेका माधव नेपाल र झलनाथ खनाल समूहका कुनै पनि नेता सहभागी थिएनन् ।

खनाल र नेपाल राजधानी बाहिर रहे पनि उनीहरु निकट नेता एकजना पनि सोल्टी पुगेनन् ।

शुक्रबार बिहान ब्रेकाफाष्ट मिटिङका लागि दाहाल सोल्टी पुगे । प्रायः नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’, जनार्दन शर्मा, वर्षमा पुन, कृष्णबहादुर महरालाई साथै लिएर वार्तामा बस्ने गरेका दाहालले स्वराजसँग एक्लै भेटेका छन् ।

स्वराजको नेपाल भ्रमणबारे माओवादी नेता नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाएका छन् । ‘सुष्मा स्वराजको नेपाल भ्रमण सामान्य कुटनीतिक र राजनीतिक अभ्यास अनुकूल छैन, तर उहाँलाई हामीले स्वागत गरेका छौं र भ्रमण फलदायी बनाउन कामना र कोसिस गरेका छौं,’ उनले भनेका छन्, ‘हामीले आफ्नो प्रतिष्ठा कायम गरी राष्ट्रिय स्वार्थमा केन्द्रित हुनुपर्छ ।’

स्वराजले भ्रमणको दोस्रो दिनमात्रै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवास“ग भेट गरेकी छन् । ओली नेतृत्वमा नया“ सरकार बन्ने भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुईपटक टेलिफोन गरेर सम्बन्ध सुधारको संकेत गरेका थिए । मोदीले नेपाल मामिलामा बढी चासो लिएपछि ओलीले ‘भेटेरै कुरा गर्ने’ इच्छा राखेका थिए ।

ओलीले आफूले ‘भेटेरै कुरा गर्ने’ इच्छा राखे पनि यति छिट्टै स्वराजलाई नेपाल पठाउलान् भन्ने विश्वास नराखेको स्रोतको भनाइ रहेको छ ।

Logo