कांग्रेसमा राजीनामा चर्चा, थापालाई पदमै बस्न नेताहरूको दबाब

कांग्रेसमा राजीनामा चर्चा, थापालाई पदमै बस्न नेताहरूको दबाब

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनपछि नेपाली कांग्रेसभित्र नेतृत्वबारे बहस सुरु भएको छ। केही नेताले सभापति गगनकुमार थापाले पद छोड्नुपर्ने आवाज उठाइरहेका बेला पार्टीका ३० भन्दा बढी नेताहरू भने उनलाई राजीनामा नदिन सुझाव दिएका छन्।

सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’को नेतृत्वमा शनिबार थापालाई भेट्न पुगेका नेताहरूले अहिलेको परिस्थितिमा नेतृत्व परिवर्तन उपयुक्त नहुने बताएका छन्। उनीहरूले देश, संविधान र पार्टीमाथि चुनौती देखिएको भन्दै थापाले नेतृत्व निरन्तरता दिनुपर्ने धारणा राखेका छन्।

नेताहरूले निर्वाचनमा हार–जितलाई सामान्य राजनीतिक प्रक्रिया भन्दै त्यसकै आधारमा नेतृत्व त्याग्नु उचित नहुने बताएका छन्। साथै पार्टीलाई व्यवस्थित गर्दै आगामी १५औँ महाधिवेशनसम्म नेतृत्व गर्न थापालाई आग्रह गरिएको छ।

थापालाई भेट्न जनकराज गिरी, मधु आचार्य, अजयबाबु शिवाकोटी, प्रमोद गुरागाईं, प्रदीप शर्मा, गंगा सुनार, विष्णु पाण्डे, सीता मिजारलगायत करिब तीन दर्जन केन्द्रीय सदस्य पुगेका थिए।

२१ फागुनमा सम्पन्न निर्वाचनपछि कांग्रेसले अपेक्षित परिणाम नल्याएपछि पार्टीभित्र नेतृत्वबारे चर्चा चुलिएको छ। केही दिनअघि उपसभापति विश्वप्रकाश शर्मासँगको भेटमा थापाले राजीनामाबारे सोचिरहेको संकेत दिएका थिए।

Skip This
Skip This
Logo