एमालेले टुंग्यायो समानुपातिक सांसद, को-को परे ?

एमालेले टुंग्यायो समानुपातिक सांसद, को-को परे ?

केन्द्रबिन्दु
57
Shares

काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसद टुङ्ग्याएको छ । भक्तपुरस्थित गुण्डुमा आज बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुङ्गो लगाएको हो । एमालेले समानुपातिकबाट १६ सीट जितेको छ ।

एमालेले प्राप्त गरेको कुल मतका आधारमा समानुपातिकमा १६ सिट जितेको थियो ।

एमालेले सार्वजनिक गरेको नामावली अनुसार खस आर्य समूहबाट ५ जना र आदिवासी जनजाति समूहबाट ४ जनालाई सांसद चयन गरिएको छ। खस आर्य महिलातर्फ पूर्व मन्त्री पद्मा अर्याल, टुकाभद्रा हमाल र पिछडिएको क्षेत्रबाट यशोदा कुमारी बराल समेटिएका छन् भने पुरुषतर्फ गुरु प्रसाद बराल र पुष्पराज कंडेल रहेका छन्।

त्यस्तै, आदिवासी जनजाति क्लस्टरबाट भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा मगर बादल र कुलभक्त शाक्यलाई चयन गरिएको छ। मधेसी क्लस्टरबाट ३ जना रिङ्ग्ला यादव, यशोदा कुमारी यादव र चन्द्रेश्वर मण्डल र दलित क्लस्टरबाट २ जना विष्णुमाया वीके र निता घतानी सांसद बन्ने भएका छन्।

यसैगरी, थारु क्लस्टरबाट कृपाराम राणा र मुस्लिम क्लस्टरबाट साजिदा सिद्दीकीलाई एमालेले समानुपातिक सांसदका रूपमा चयन गरेको छ। सचिवालय बैठकबाट पारित यो सूचीलाई अब अन्तिम प्रमाणीकरणका लागि निर्वाचन आयोगमा पठाइने छ।

      Logo