काठमाडौँ । नेकपा (एमाले)ले भदौ २३ र २४ मा घटेका घटनाबारे पार्टी नेतृत्वविरुद्ध बनेको नकारात्मक भाष्यका कारण जनमत आफ्नो पक्षमा आउन नसकेको निष्कर्ष निकालेको छ।
पार्टीका उपमहासचिव लेखराज भट्टले सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै ती घटनासम्बन्धी वास्तविकता जनतासम्म पर्याप्त रूपमा पुग्न नसक्दा पार्टी र नेतृत्वबारे गलत धारणा बनेको बताए।
उनका अनुसार ती घटनाको पृष्ठभूमि, त्यसक्रममा पार्टी र नेतृत्वको भूमिका तथा त्यसपछि भएका गतिविधिबारे स्पष्ट सन्देश जनतामाझ पुर्याउन नसक्दा प्रतिकूल जनमत बनेको बुझाइ पार्टीभित्र रहेको छ।
भट्टले यस विषयलाई स्वीकार गर्दै आगामी दिनमा यस्ता घटनाबारे तथ्यपरक जानकारी जनतासमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।































प्रतिक्रिया