पुर्वमन्त्री रिजाल अब निर्वाचन नलडने घोषणा 

पुर्वमन्त्री रिजाल अब निर्वाचन नलडने घोषणा 

केन्द्रबिन्दु
30
Shares

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व मन्त्री रमेश रिजालले अब आफूले कुनै पनि चुनाव नलड्ने घोषणा गरेका छन् ।

पर्कोसा क्षेत्र नम्बर–४ मा कांग्रेसबाट पटकपटक गरेर आठौं पटक उम्मेदवार बनेर पराजित भएका रिजालले अब आफूले कुनै पनि चुनाव नलड्ने घोषणा गरेका हुन् । शनिबार जगरनाथपुर गाँउपालिका–५ मसिहानीमा आयोजित कांग्रेसको क्षेत्रीय अगुवा कार्यकर्ता भेलामा बोल्दै पूर्वमन्त्री रिजालले अब आफूले संसदीय निर्वाचनमा प्रतिष्पर्धा नगर्ने घोषणा गरेका थिए । 

भर्खरै सम्पन्न भएको फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा रास्वपाका उम्मेदवार टेकबहादुर शाक्य संग पराजित भएपछि उनले निर्वाचन नलडने घोषणा गरेका हुन् ।  उनले भने, ‘आजै म घोषणा गर्छु अब म चुनाव लड्दिनँ । युवा पुस्तालाई साथ र समर्थन रहन्छ । तर चुनाव नलडे पनि यस क्षेत्रका जनताको सेवामा भने म लागि नै रहन्छु ।’

२०४८ सालयताको हरेक संसदीय निर्वाचनमा कांग्रेसको उम्मेदवार बन्दै आएका रिजालले चार पटक जीत र चार पटक हार व्यहोरेका छन्। 

२०४८, २०५१, २०६४ र २०७९ को निर्वाचनमा सांसदमा निर्वाचित भएका रिजालले २०५६, २०७०, २०७४ र हालै २१ फागुन २०८२ मा भएको निर्वाचनमा भने  पराजय व्यहोरेका थिए ।

Logo