काठमाडौं। नेकपा सहसंयोजक पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास पुगेर समवेदना प्रकट गरेका छन् । अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको निधनपछि शोक सन्तप्त परिवारसँग भेट्न नेपाल गुण्डु पुगेका हुन् ।
भेटका क्रममा नेपालले दिवंगत बुबाप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरे। केही समयदेखि राजनीतिक संवादहीनता कायम रहेका दुई नेताबीच शोकको समयमा गरिएको भेटले आपसी सद्भाव झल्काएको बताइएको छ ।
पूर्वप्रधानमन्त्री नेपालले सामाजिक सञ्जालमार्फत आफ्नो उपस्थितिको जानकारी दिँदै श्रद्धाञ्जली र समवेदना व्यक्त गरेको जनाएका छन्। अध्यक्ष ओलीका बुबाको केही दिनअघि उपचारको क्रममा निधन भएको थियो। शोकको यस घडीमा विभिन्न राजनीतिक दलका नेताहरूले पनि ओली निवास पुगेर समवेदना दिइरहेका छन्।





























प्रतिक्रिया