काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कविन्द्र बुर्लाकोटीले पार्टीका वरिष्ठ नेता बालेनलाई प्रधानमन्त्री बनाउने विषयमा कुनै आनाकानी नभएको बताएका छन्।
वरिष्ठ नेता शाहलाई प्रधानमन्त्री बनाउने सन्दर्भमा पार्टीभित्रै आनाकानी भइरहेको हो कि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले नेतृत्वको विषयमा पूर्वसहमति भइसकेको बताउँदै सोहीअनुसार पार्टी अगाडि बढिरहेको सुनाए।
‘कुनै आनाकानी छैन, हामी त्यसको प्रक्रियामा काम गरिरहेका छौं,’ उनले भने, ‘जुन सहमति भएको छ, त्यही सहमतिअनुसार थप मजबुत छलफल गरेर अगाडि बढ्छौं।’
बालेनलाई प्रधानमन्त्री बनाउन पार्टीको विधान नै संशोधन गर्नुपर्ने अवस्था हो कि होइन भन्ने जिज्ञासामा पनि सांसद बुर्लाकोटीले राजनीतिक सहमतिकै आधारमा कदम चालिने प्रस्ट पारे।





























प्रतिक्रिया