काठमाडौं । सरकारले २३ र २४ भदौमा भएको जेनजी आन्दाेलनकाे जाँचबुझ गर्न गठित ‘गौरीबहादुर कार्की आयोग’ले पेश गरेकाे प्रतिवेदन अध्ययन गर्न अर्काे सरकारी कार्यदल गठन गर्ने निर्णय गरेकाे छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदनले औंल्याएका विषयवस्तुहरूको सूक्ष्म अध्ययन गरी ठोस सुझाव पेस गर्न सरकारी कार्यदल गठन गर्ने निर्णय गरेको हाे ।
पूर्वन्यायाधीश कार्की नेतृत्वको आयोगले अध्ययनपछि सरकारलाई प्रतिवेदन बुझाएको थियो । पाँच महिनाभन्दा लामो जाँचबुझ गरी विभिन्न सुझाबसहित आयोगले बुझाएको प्रतिवेदनमा गोली हान्ने, हान्न लगाउने र नरोक्नेलाई कारबाही सिफारिस गरेको छ ।





























प्रतिक्रिया