प्रधानमन्त्रिलाई सागरले भने- आमा महामानव भएपनि गल्ती हुन्छ हिजोको निर्णय सच्याउनुहोस्

प्रधानमन्त्रिलाई सागरले भने- आमा महामानव भएपनि गल्ती हुन्छ हिजोको निर्णय सच्याउनुहोस्

केन्द्रबिन्दु
51
Shares

रूपन्देही। प्रतिनिधि सभाका गुल्मी–१ बाट निर्वाचित सांसद सागर ढकालले प्रधानमन्त्री सुशीला कार्कीले गरेका केही नियुक्ति निर्णय सच्याउन आग्रह गरेका छन्। ढकालका अनुसार आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा भएका केही निर्णयले यसअघिक कार्कीले गरेका योगदान र योग्यतालाई ओझेलमा पार्ने देखिएको छ ।

सरकारले प्रधानमन्त्रीका स्वकीय सचिवलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुखमा नियुक्त गरेको थियो भने गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। अर्जित योग्यताबिना गरिएको यस्तो नियुक्ति ठीक नभएको ढकालको तर्क छ ।

ढकालले सामाजिक सञ्जालमार्फत भनेका छन्, “आमा, जतिसुकै ठूलो महामानव भए पनि गल्ती हुन्छ । हजुरले देशलाई ठूलो निकास दिनुभएको छ, हृदयदेखि सम्मान छ । तर हिजोका निर्णय सच्याएर उदारता देखाउनु आवश्यक छ।”

उनले थप स्पष्ट पारेका छन्, “कुनै विज्ञता वा अनुभवविनै स्वकीय सचिवलाई जिम्मेवार निकायको नेतृत्व दिनु मिल्दैन । यत्तिको आधारमा निर्णयले नातावाद र कृपावादको संस्कृति कायम राख्ने खतरा छ, जुन अब अन्त्य गर्नु आवश्यक छ ।”

Logo