रवि लामिछानेविरुद्धको रिट आज सर्वोच्चमा सुनुवाइ हुँदै

रवि लामिछानेविरुद्धको रिट आज सर्वोच्चमा सुनुवाइ हुँदै

केन्द्रबिन्दु
9
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध सम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध दायर गरिएको रिट निवेदन आज सर्वोच्च अदालतमा सुनुवाइ हुनेछ।

सर्वोच्च अदालतले आइतबार हेर्न नभ्याएपछि ‘हेर्दाहेर्दै’मा राखेर आज सुनुवाइको मिति तोकेको छ। न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले सुनुवाइ तय गरेको हो।

यसअघि न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले निवेदन नियमित सुनुवाइका लागि पेश गर्न आदेश दिएका थिए।

रिटमा महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध मुद्दा फिर्ता गर्ने निर्णय गरिएको विषयमा प्रतिक्रिया दिएकी थिइन्। यसविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले छुट्टाछुट्टै रिट दायर गरेका छन्।

Skip This
Skip This
Logo