काठमाडौँ। बालिका इनिशा विक हत्या प्रकरणको शीघ्र छानबिन गरी संलग्न दोषीलाई कानुनअनुसार कारबाही गर्न पीडित परिवारले माग गरेको छ।
इनिशा विकका दाइ चन्द्रबहादुर विक र तपेन्द्र विकले गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कानुनी दायरामा ल्याएर न्याय दिलाउन आग्रह गरेका छन्।
परिवारले महिला तथा बालबालिकामाथि हुने यौन हिंसा र जघन्य अपराधका घटना दोहोरिन नदिन सम्बन्धित निकाय, नागरिक समाज, पत्रकार र सरोकारवालाले गम्भीर ध्यान दिनुपर्ने पनि बताएका छन्।
ज्ञापनपत्र बुझ्दै गृहमन्त्री अर्यालले घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याइने बताएका छन्। दण्डहीनताको अन्त्य गर्न र आपराधिक गतिविधि नियन्त्रण गरी शान्ति सुव्यवस्था कायम गर्न सरकार लागिरहेको उनले बताएका छन्।
गत फागुन २३ गते सुर्खेतको वीरेन्द्रनगर–४ सहिदपार्क नजिकै जनजागरण सामुदायिक वनमा १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको थियो।





























प्रतिक्रिया