एमाले प्रदेश-जिल्ला अध्यक्षहरूसँग भर्चुअल बैठकमा रणनीति समीक्षा

एमाले प्रदेश-जिल्ला अध्यक्षहरूसँग भर्चुअल बैठकमा रणनीति समीक्षा

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रदेश र जिल्ला अध्यक्षहरूसँग भर्चुअल माध्यमबाट बैठक सञ्चालन गरेको छ।

बैठकमा महासचिव शंकर पोखरेलले पछिल्लो निर्वाचन परिणाम र मतदाताको व्यवहारबारे टिप्पणी गर्दै पार्टीभित्र नयाँ राजनीतिक प्रवृत्तिबारे आफ्नो धारणा राखेका छन्। उनले केही राजनीतिक समूहहरू अल्पकालीन लोकप्रियतावाद र अवसरवादमा आधारित भएर अघि बढ्ने तर दीर्घकालीन राजनीतिक दृष्टि नभएको बताए।

पोखरेलले विशेष गरी रास्वपा जस्ता शक्तिहरूलाई संकेत गर्दै त्यस्ता समूहले तत्काल परिणाम दिने वाचा गरे पनि व्यवहारमा अपेक्षित परिणाम दिन नसक्ने अवस्था आउने र जनताको विश्वास स्थिर विचार तथा संगठित शक्ति भएको एमालेतर्फ फर्किने उल्लेख गरे।

महासचिवले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध ‘नयाँ र पुरानो अनुहार’ भन्ने नारामा आधारित प्रचारले जनतालाई भ्रमित पार्ने प्रवृत्तिको पनि समीक्षा गरे। यस प्रकारको प्रचार डिजिटल माध्यममार्फत फैलिरहेको लोकप्रियतावादको रूप भएको उनले बताए।

Skip This
Skip This
Logo