काठमाडौं। प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले जिल्ला प्रशासन कार्यालय काठमाडौँको सेवा प्रवाह अनुगमन गर्दै नागरिकलाई छिटो, दुरुस्त र झन्झटरहित सेवा उपलब्ध गराउनुपर्ने बताएका छन् ।
अनुगमनका क्रममा प्रधानमन्त्री कार्कीले सेवाग्राहीका गुनासाहरू प्रत्यक्ष सुनेर कर्मचारीहरूलाई छिटो सेवा दिने निर्देशन दिइन्। उनले कर्मचारीहरूलाई व्यावसायिकता र जिम्मेवारीको महत्त्व स्मरण गराइन्।
गृहमन्त्री अर्यालले कार्यालयको पारदर्शिता बढाउन र विचौलियाहरूको पहुँच अन्त्य गर्न मन्त्रालयले ‘शून्य सहनशीलता’ नीति अपनाएको बताए। उनले चेतावनी दिए, “सर्वसाधारणलाई सेवा लिन बाधा पुर्याउने जो कोहीले कानूनी कारबाही भोग्नेछन्।”
पछिल्ला वर्षमा सरकारी कार्यालयमा सेवा लिँदा ढिलाइ, लाइनमा लामो समय बस्नुपर्ने समस्या र बीचमा विचौलियाको हस्तक्षेप बढ्दै गएको थियो। यसपटक प्रत्यक्ष अनुगमनले प्रशासन सुधारको मार्ग तय गर्न मद्दत पुग्ने, ढिलासुस्ती घट्ने र नागरिकको अनुभव सहज हुने अपेक्षा गरिएको छ।





























प्रतिक्रिया