रास्वपाको अभिमुखीकरण कार्यक्रम सुरु, अझै पुगेनन् रवि-बालेन

रास्वपाको अभिमुखीकरण कार्यक्रम सुरु, अझै पुगेनन् रवि-बालेन

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित सांसदहरूलाई संसदीय अभ्यास र जिम्मेवारीबारे प्रशिक्षित गर्न आयोजित अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।

ललितपुरको ग्वार्कोस्थित होटल टुलिपमा आयोजित कार्यक्रममा उपाध्यक्षद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्लेले घन्टी बजाएर कार्यक्रम उदघाटन गरेका हुन् । कार्यक्रममा सभापति रवि लामिछाने र बरिष्ठ नेता बालेन शाह भने अझै पुगेका छैनन् ।

जनताको विश्वासलाई सार्थक बनाउँदै सांसदहरूलाई प्रभावकारी, उत्तरदायी र परिणाममुखी बनाउने उद्देश्यले यो कार्यक्रम तय गरिएको पार्टीले जनाएको छ । कार्यक्रममा सांसदहरूलाई संसदीय प्रक्रिया, कानुन निर्माण, नीति विश्लेषण, सुशासन, पारदर्शिता र जनप्रतिनिधिको भूमिकाबारे विस्तृत जानकारी प्रदान गरिने रास्वपाले जनाएको छ ।

Skip This
Skip This
Logo