काठमाडौं । निर्वाचनबाट बलियो जनसमर्थन पाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र परिणाम दिनुपर्ने दबाब बढ्दै गएको छ । पार्टीका उपसभापति स्वर्णिम वाग्लेले नवनिर्वाचित सांसदहरूलाई अब समय खेर फाल्ने छुट नरहेको स्पष्ट गरेका छन्।
अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले प्राप्त मतलाई सामान्य राजनीतिक सफलता नभई प्रत्यक्ष जिम्मेवारीको रूपमा लिनुपर्ने बताए। उनका अनुसार रास्वपाले पाएको समर्थन विगतका ठूला राजनीतिक मोडसँग तुलना गर्न मिल्ने खालको छ, जसले कार्यक्षमतामै आधारित परिणाम दिनुपर्ने अवस्था सिर्जना गरेको छ ।
वाग्लेले चुनावी वाचा कार्यान्वयनमा ढिलाइ नगर्न सांसदहरूलाई आग्रह गर्दै संसदलाई ‘काम गर्ने थलो’का रूपमा लिनुपर्ने धारणा राखे। उनले भने, “अब सिक्नेभन्दा पनि काम गरेर देखाउने चरण सुरु भएको छ ।”
उनले पार्टीले पाएको मतलाई ऐतिहासिक अवसरका रूपमा प्रयोग गर्न नसके जनअपेक्षामा धक्का पुग्ने चेतावनीसमेत दिएका छन्। अहिलेको अवस्था उत्सवभन्दा बढी जिम्मेवारीको परीक्षा भएको उनको भनाइ थियो।































प्रतिक्रिया