काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले सुशासन कायम गर्न र देशमा भ्रष्टाचार अन्त्य गर्न लाग्नुपर्नेमा जोड दिएका छन्।
पार्टीका सांसद्लाई अभिमुखीकरण तालिम दिने क्रममा उनले पार्टी सभापति रवि लमिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई जनताले गरेको विश्वास कायम राख्न देशमा सुशासन कायम गर्न र देशमा भ्रष्टाचार अन्त्य गर्न लाग्नुपर्नेमा जोड दिएका छन्।
लामो समय नेतृत्व गरेका पूराना दलले जनताको हितमा काम नगरेकाले नै अहिले रास्वपालाई जनताले मत दिएकाले त्यो मतको कदर गर्नुपर्ने उनको भनाइ छ।
‘रास्वपा मात्रै अन्तिम विकल्प भनेर भोट आएको होइन बरु जनताले म्याण्डेट दिएका हुन्।’, उनले भने, ‘त्यो म्याण्डेट पूरा गर्न थप जिम्मेवारी यो भोटले दिएको छ।’
खसेको मतको ८० प्रतिशत प्राप्त गर्नु संसारका निर्वाचनमा विरलै देखिने भएकाले अब नागरिकको हितलाई अगाडि राखेर बढ्नुपर्नेमा उनको जोड छ।































प्रतिक्रिया