जनविश्वास जोगाउने काममा केन्द्रित हुन रास्वपाका सांसदहरुलाई उपसभापति अर्यालको आग्रह

जनविश्वास जोगाउने काममा केन्द्रित हुन रास्वपाका सांसदहरुलाई उपसभापति अर्यालको आग्रह

केन्द्रबिन्दु
30
Shares

पाटन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले नवनिर्वाचित सांसदहरूलाई जनताको आशा र विश्वास कायम राख्दै जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका छन्।

ललितपुरमा आयोजित अभिमुखीकरण कार्यक्रममा उनले सरकार गठनपछि नागरिकले प्रत्यक्ष महसुस गर्ने गरी काम गर्नुपर्ने, भ्रष्टाचार नियन्त्रण र सुशासनमा ध्यान दिनुपर्ने बताएका छन्। विगतका राजनीतिक अभ्यासका कारण जनतामा असन्तुष्टि बढेको भन्दै त्यसले नयाँ प्रतिनिधिलाई थप जिम्मेवारी दिएको उनको भनाइ छ।

उक्त कार्यक्रममा अर्का उपसभापति स्वर्णिम वाग्लेले पनि पार्टीले पाएको जनसमर्थनलाई व्यवहारमा रूपान्तरण गर्नुपर्ने बताए। उनले चुनावी वाचा कार्यान्वयन गर्दै जनविश्वास कायम राख्नुपर्ने धारणा राखे।

कार्यक्रममा संसदीय अभ्यास, विधायिकी प्रक्रिया, नीति निर्माण र संसदीय समितिको भूमिकाबारे जानकारी दिइएको पार्टीले जनाएको छ।

Logo