काठमाडौँ । नयाँ संसद् भवनको मुख्य बैठक कक्ष समयमै तयार नहुने भएपछि प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण र प्रारम्भिक बैठक वैकल्पिक स्थानमा गर्ने तयारी गरिएको छ।
सङ्घीय संसद् सचिवालयले सिंहदरबारभित्र पुतली बगैँचामा रहेको बहुउद्देश्यीय हललाई अस्थायी रूपमा प्रयोग गर्ने निर्णय गरेको हो। मुख्य हल निर्माणमा ढिलाइ भएपछि तत्कालका लागि यही हललाई प्रयोगमा ल्याइने बताइएको छ।
सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बहुउद्देश्यीय हललाई तीन दिनभित्र बैठकका लागि तयार पारिनेछ । उक्त हल मूलतः सचिवालयकै प्रयोगका लागि निर्माण गरिएको भए पनि अहिलेको आवश्यकता अनुसार संसद् गतिविधि सञ्चालन गर्न प्रयोग गर्न लागिएको हो।
प्रतिनिधिसभाको नियमित बैठक बस्ने स्थायी हल निर्माण कहिले सम्पन्न हुन्छ भन्ने स्पष्ट भइसकेको छैन। फागुन २१ गतेको निर्वाचनबाट निर्वाचित सांसदहरूको शपथ र पहिलो बैठकको मिति पनि अझै तय गरिएको छैन।





























प्रतिक्रिया