काठमाडौं। अर्थमन्त्री रामेश्वर खनालले आउँदो हप्ता नयाँ सरकार बन्न सक्ने संकेत दिएका छन्। नेपाल नागरिक लगानी कोषको वार्षिक उत्सवमा आयोजित कार्यक्रममा उनले संविधान अनुसार समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण भइसकेपछि सरकार गठन तीव्र गतिमा अघि बढ्ने जानकारी दिएका हुन्।
आँफूले अब केही समय विश्राम लिने तयारीमा रहेको खनालले बताए। नयाँ सरकार गठन र राजनीतिक प्रक्रियासँगै आर्थिक गतिविधिमा स्थिरता र दीर्घकालीन योजना कार्यान्वयनमा सहयोग पुग्ने उनको अपेक्षा छ ।





























प्रतिक्रिया