अनुशासन उल्लंघन गर्ने सांसदलाई फिर्ता बोलाउने लामिछानेको चेतावनी

अनुशासन उल्लंघन गर्ने सांसदलाई फिर्ता बोलाउने लामिछानेको चेतावनी

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीभित्र अनुशासन उल्लंघन गर्ने सांसदहरूलाई फिर्ता बोलाउने चेतावनी दिएका छन्।

उनले पार्टीका सांसदहरूको लागि आयोजित अभिमुखीकरण कार्यक्रममा समापन मन्तव्य दिँदै सांसदहरूले जिम्मेवारीसाथ र अनुशासनपूर्वक व्यवहार गर्नुपर्नेमा जोड दिएका छन्।

सभापति लामिछानेका अनुसार, पार्टी ठूलो र सरकार सञ्चालनमा रहेको अवस्थामा हरेक सांसदले आफ्नो भूमिका सर्तकतापूर्वक निभाउनु आवश्यक छ। पार्टीको विधानको दफा ६९ ले जनप्रतिनिधिलाई फिर्ता बोलाउने अधिकार व्यवस्था गरेको छ।

लामिछानेले सांसदहरूको व्यक्तिगत स्वतन्त्रता सम्माननीय हुने तर पार्टी अनुशासन कायम रहनुपर्ने स्पष्ट पारेका छन्। 

Logo