काठमाडौं
एमाले र माओवादी केन्द्र बीचको एकताको ‘मोडालिटी’ केन्द्रित छलफल लम्बिँदै गएको छ । पार्टी एकता संयोजन समितिको बिहीबारको बैठक कुनै ठोस नयाँ निर्णयविना औपचारिकतामै सीमित भएको छ । "/>

एकता संयोजन समितिको बैठक औपचारिकतामै सीमित !

एकता संयोजन समितिको बैठक औपचारिकतामै सीमित !


काठमाडौं
एमाले र माओवादी केन्द्र बीचको एकताको ‘मोडालिटी’ केन्द्रित छलफल लम्बिँदै गएको छ । पार्टी एकता संयोजन समितिको बिहीबारको बैठक कुनै ठोस नयाँ निर्णयविना औपचारिकतामै सीमित भएको छ । माघ लागे यता दुई पटक बसेको संयोजन समितिको बैठकले राष्ट्रिय सभा, प्रदेश सभा, प्रदेश सरकार र संघीय सरकारमा तालमेल सम्बन्धी निर्णय र कार्यदलको प्रतिवेदन अनुमोदन गरेको छ ।
एमाले अध्यक्ष केपी ओली बैंककबाट फर्किए पछि ७ माघमा बसेको बैठकले नयाँ सरकारले ल्याउने समृद्धि र सुशासनसँग सम्बन्धी नीति तथा कार्यक्रमको गृहकार्य गर्न एमाले उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको थियो । बालकोट स्थित ओली निवासमा बिहीबार बसेको बैठकले पनि प्रदेश सभा र प्रदेश सरकारमा तालमेल र नेतृत्व बाँडफाँडका लागि गठित वाम कार्यदलको प्रतिवेदन अनुमोदन गर्ने बाहेक एकता सम्बन्धी नयाँ निर्णय गरेन ।

‘एकता संयोजन समितिबाट वाम कार्यदलले प्रदेश सभा र प्रदेश सरकारका सम्बन्धमा तयार पारेको प्रतिवेदन अनुमोदन गरेको छ,’ बैठकपछि एमाले नेता सुरेन्द्र पाण्डेले भने, ‘भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण सम्बन्धी सामान्य ‘ब्रिफिङ’ बाहेकका विषयमा बैठकमा थप छलफल भएको छैन ।’

एकता संयोजनमा पार्टी एकतालाई गति दिन पुसको अन्तिम साता नै दुवै पार्टीका नेताहरू रहेको सैद्धान्तिक, वैचारिक तथा सांगठनिक एकता सम्बन्धी कार्यदल बनाउने ओली र प्रचण्ड बीच समझदारी भएको थियो । तर ७ माघमा बसेको बैठकमा समेत ती दुई कार्यदल नबनाएर दुवै पार्टी यस बीचमा एकतालाई ठोस रूप दिने भन्दा पनि गठबन्धनसँग सम्बन्धित गृहकार्यमै बढी व्यस्त देखिँदा छलफल लम्बिँदै गएको छ ।
नयाँपत्रिकाबाट

Logo