काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई आज प्रमाणपत्र प्रदान गरिँदैछ ।
निर्वाचन आयोगले यसअघि सार्वजनिक गरेको सूचीअनुसार रास्वपाबाट ५७, नेपाली कांग्रेसबाट २०, नेकपा एमालेबाट १६, नेकपाबाट ९ तथा श्रम संस्कृति पार्टी र राप्रपाबाट ४÷४ जना सांसद चयन भएका छन् ।
प्रमाणपत्र वितरणपछि आयोगले आजै निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने तयारी गरेको छ । प्रतिवेदन बुझाइएपछि संविधानअनुसार नयाँ सरकार गठन प्रक्रिया सुरु हुने बाटो खुल्नेछ ।































प्रतिक्रिया