काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण चैत १२ गते हुने भएको छ।
संघीय संसद सचिवालय बिहीबार सिंहदरबारमा नयाँ प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने ६ दलसँग छलफल गर्दै आगामी चैत १२ गते दिउँसो २ बजे नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण गराउने तयारी भएको जनाएको हो।
दलहरूसँग शपथ ग्रहण, अभिमुखीकरण कार्यक्रम र संसदीय दलको कार्यालय व्यवस्थापनसँगका विषयमा छलफल भएको संघीय संसद सचिवालयले जनाएको छ । शपथ ग्रहण गराउनु अगाडि ज्येष्ठ सदस्यको पहिचान गर्ने र ज्येष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ ग्रहण गर्ने छन्।
राष्ट्रपतिसँग शपथ ग्रहण गरेपछि ज्येष्ठ सदस्यले अन्य सदस्यहरूलाई शपथ खुवाउने सचिवालयको भनाई छ ।





























प्रतिक्रिया