संयोजक रक्षा बममाथि भएको दुव्र्यवहारप्रति जेनजी फ्रन्टको घोर भर्त्सना

संयोजक रक्षा बममाथि भएको दुव्र्यवहारप्रति जेनजी फ्रन्टको घोर भर्त्सना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं। नेपाल जेनजी फ्रन्टले माइतीघरमा प्रदर्शनका क्रममा आफ्नी संयोजक रक्षा बममाथि भएको दुव्र्यवहारप्रति कडा आपत्ति जनाएको छ।

शुक्रबार विज्ञप्ति जारी गर्दै फ्रन्टले शान्तिपूर्ण आन्दोलनका बेला बममाथि भएको व्यवहार अस्वीकार्य भएको बताएको हो। संविधानले दिएको शान्तिपूर्ण भेला र अभिव्यक्तिको अधिकार प्रयोग गरिरहेका बेला यस्तो घटना हुनु लोकतान्त्रिक मूल्यविरुद्ध भएको उल्लेख गरिएको छ।

जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै केही दिनदेखि माइतीघरमा प्रदर्शन जारी छ। सोही क्रममा आन्तरिक असन्तुष्टिका कारण केही आन्दोलनकारीले बमविरुद्ध नाराबाजी गरेका थिए।

फ्रन्टले आन्दोलनभित्रै हुने यस्तो व्यवहारले समग्र आन्दोलन कमजोर बनाउने चेतावनी दिएको छ। साथै, असहमति र आक्रोश राज्यतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिँदै प्रतिवेदन सार्वजनिक गर्न पुनः माग गरेको छ।

Logo