सिनियर नेता म हुँ, संसदीय दलको नेता मै हुनुपर्छ : अर्जुननरसिंह केसी

सिनियर नेता म हुँ, संसदीय दलको नेता मै हुनुपर्छ : अर्जुननरसिंह केसी

केन्द्रबिन्दु
15
Shares

काठमाडौं। नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संसदीय दलको नेतामा आफ्नो दाबेदारी स्वाभाविक रहेको बताएका छन्। पार्टीभित्र आफू वरिष्ठ र लामो समयदेखि संसदीय अभ्यास मा सक्रिय रहेको उल्लेख गर्दै उनले यस्तो दाबी प्रस्तुत गरेका हुन्।

शुक्रबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन सानेपा पुगेका केसीले सञ्चारकर्मीसँग कुरा गर्दै आफू २०४७ सालदेखि संसदमा निरन्तर सक्रिय रहेको र कांग्रेसको संसदीय यात्रामा महत्वपूर्ण भूमिका खेलेको दाबी गरे। उनले विगतका कठिन राजनीतिक चरणहरूमा पनि पार्टीलाई साथ दिएको स्मरण गराउँदै अनुभवका आधारमा नेतृत्वमा दाबी हुनु स्वाभाविक रहेको बताएका छन्।

केसीले आफूलाई “सिनियर नेता” का रूपमा प्रस्तुत गर्दै संसदीय दलभित्र आफ्नो योगदान र अनुभवलाई मूल्याङ्कन गरिनुपर्ने धारणा राखेका छन्। उनले पार्टीभित्रको नेतृत्व चयन प्रक्रियामा आफ्नो उपस्थिति स्वाभाविक रूपमा आउने स्पष्ट पारे।

तर, उनले नेतृत्व चयनमा प्रतिस्पर्धाभन्दा सहमतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। दलको नेता चयन सहमतिपूर्ण ढंगबाटै टुंगिनु उपयुक्त हुने उनको भनाइ छ। उनले आन्तरिक एकता कायम राख्दै साझा निष्कर्षमा पुग्नु नै पार्टीका लागि हितकर हुने धारणा व्यक्त गरेका छन्।

Logo