दुईतिहाइ बहुमतको आडमा कानुन उल्लंघन भए बारले कडा भूमिका खेल्नेछ : अध्यक्ष मिश्र

दुईतिहाइ बहुमतको आडमा कानुन उल्लंघन भए बारले कडा भूमिका खेल्नेछ : अध्यक्ष मिश्र

केन्द्रबिन्दु
9
Shares

काठमाडौं। नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रले संविधानवाद र कानुनको शासन मिचिएमा बारले कडा अडान लिने बताएका छन्।

भक्तपुरमा आयोजित कानुन व्यवसायी महिलाहरूको राष्ट्रिय सम्मेलनमा बोल्दै उनले दुईतिहाइ बहुमतको सरकार बनेपछि न्यायपालिकामाथि दबाब वा हस्तक्षेप हुने जोखिम रहन सक्ने भन्दै सचेत रहन आग्रह गरे। उनले नयाँ सरकारलाई सुरुमा ‘शंकाको सुविधा’ दिने तर संविधान र कानुन विपरीत गतिविधि भएमा तत्काल प्रतिक्रिया जनाइने स्पष्ट पारे।

मिश्रका अनुसार बार एसोसिएसनले सरकारका कामहरू संविधानअनुसार हुने अपेक्षा राखेको छ र सरकार पूरा कार्यकाल टिक्ने शुभेच्छा पनि व्यक्त गरेको छ। तर, संविधानवाद कमजोर पार्ने प्रयास भएमा आफ्नो संस्थागत जिम्मेवारीअनुसार प्रतिवाद गर्ने उनले चेतावनी दिएका छन्।

Skip This
Skip This
Logo