काठमाडौं। राहदानी विभागले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बाट पूर्ण रूपमा विद्युतीय राहदानी (ई–पासपोर्ट) प्रणालीमा जाने तयारी अन्तिम चरणमा पु¥याएको छ । नयाँ प्रणाली आगामी जेठदेखि सञ्चालनमा आउने बताइएको छ ।
विभागका अनुसार आवश्यक सफ्टवेयर र मेसिन जडान भइसकेका छन् भने अहिले परीक्षणका विभिन्न चरणहरू चलिरहेका छन् । प्रणाली परिवर्तनका क्रममा करिब एक दिनदेखि एक हप्तासम्म सेवा केही प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।
हालसम्म नेपालले १ करोड ७१ लाखभन्दा बढी राहदानी जारी गरिसकेको छ, जसमा ५५ लाखभन्दा बढी ई–पासपोर्ट रहेका छन् । चालु आर्थिक वर्षको आठ महिनामा मात्रै ७ लाखभन्दा बढी राहदानी वितरण गरिएको छ ।
नयाँ प्रणाली लागू भएपछि विदेशस्थित नेपाली नियोगबाटै आवेदन, फोटो र बायोमेट्रिक्स प्रक्रिया गर्न सकिनेछ । यसले राहदानी सेवा थप छिटो र सहज हुने विभागको अपेक्षा छ ।





























प्रतिक्रिया