यस्ता निर्णय गर्यो, एमाले स्थायी कमिटीले

यस्ता निर्णय गर्यो, एमाले स्थायी कमिटीले

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) स्थायी कमिटी बैठकले संसदीय दलको नेता सर्वसहमतीमा हुने र सर्वसहमत हुन नसकेको स्थानमा निर्वाचनको माध्यबाट चयन गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको वैठकले यस्तो निर्णय गरेको बैठक पछि सञ्चारकर्मीलाई एमाले उपाध्यक्ष वामदेव गौतमले जानकारी गराएका छन । एमाले र माओवादी केन्द्रको भागमा परेका ६ वटा प्रदेश प्रमुख मध्ये एमालेको भागमा प्रदेश १,३,४ र ५ परेका छन् भने प्रदेश ६ र ७ माओवादीको भागमा परेका छ ।

एमालेको भागमा परेका मध्ये प्रदेश नं ५ मा संसदीय दलको नेता शंकर पोखरेल चयन भई सकेका छन । संसदीय दलको नेता नै प्रदेश सरकारको मुख्यमन्त्री हुने सम्भावना रहेको हुँदा एमाले संसदीय दलको नेता चयन लाई चसोका साथ हेरिएको छ । त्यस्तै आज बसेको बैठकलले राष्ट्रियसभा निर्वाचन अनिवार्य भाग लिन र पार्टीले तोकेको उम्मेदावरलाई विजयी गराउन निर्देशन दिएको छ । त्यसका लागि सर्वसम्मत भएको ठाउँ बाहेकका स्थानमा मतदातालाई तालीम तथा प्रशिक्षण दिने समेत निर्णय गरेको छ ।

यस्ता छन् संसदीय दलको नेताका प्रत्यासी

सहमती नभएमा प्रदेश १ को संसदीय दलको नेतामा चुनाव हुने देखिन्छ । यसमा पार्टी सचिव भिम आचार्य र पोलिटब्यूरो सदस्य शेरधन राई वीच प्रतिस्पर्धा हुने देखिएको छ । आचार्यले माधव नेपाल र झलनाथ खनाल पक्षको उम्मेदवारका रुपमा आफूलाई उभ्याएपछि मोरङका जिवन घिमिरेले नेपाल पक्षका आधिकारिक उम्मेदवार आफू भएको बताउँदै आएका छन ।

प्रदेश नम्बर ३ मा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डे वीच प्रतिस्पर्धा हुने देखिएको छ । उनीहरु दुवै जना माधव नेपाल समूहका हुन् तथापी मुख्यमन्त्री हुनका लागी पाण्डे केपी ओली समुहमा लागेको एमाले वृत्तमा चर्चा शुरु भएको छ । ३ नम्बर प्रदेशमा केशव स्थापीत पनि मुख्यमन्त्रीको आकाँक्षी रहेका छन ।

प्रदेश ४ मा सचिव पृथ्वी सुब्बा गुरुङ र स्थायी कमिटी सदस्य किरण गुरुङ प्रतिस्पर्धी रहेका छन । सुब्बा गुरुङ केपी ओली निकट र किरण गुरुङ वामदेव गौतम निकट मानिन्छन । ५ नं प्रदेशमा शंकर पोखरेलको प्रतिस्पर्धी देखिएका छैनन् ।

Logo