काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय अनुशासन आयोगले विधि र पद्धति पार्टीका प्राण भएको उल्लेख गरेको छ । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आयोगका अध्यक्ष अमृतकुमार बोहोराले त्यस्तो उल्लेख गरेका हुन् । उनीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ–‘पद्धति र प्रणाली रहेनन् भने पार्टी जीवन रहँदैन । यी कुराहरु हामीले बुझेकै छौं । तर हामी किन पार्टी विधान अनुसार विधि पद्धतिको पालना गर्दैनौ ? बैठकको औचित्य र निर्णय पालनाको मर्मलाई किन बुझ्दैनौं ?’
त्यस्तै आयोगले शीर्ष नेताहरू आरोप प्रत्यारोपमा लागेको प्रति दुःख व्यक्त गरेको छ । आयोगले पार्टीका शीर्ष नेतालाई विवाद र आरोप–प्रत्यारोप छाडेर तत्काल बैठकबाटै समस्याको समाधान खोज्न समेत आग्रह गरेको छ ।
पूरा विज्ञप्तिः





























प्रतिक्रिया