काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा केन्द्रीय कार्यालय सानेपा पुगेका छन्।
चुनावी हारपछि दिएको राजीनामा अस्विकृत भएपछि सभापति थापा पहिलोपटक बैठकमा सहभागी हुन पुगेका हुन् । सभापति थापाले आज केन्द्रीय समिति बैठकमा धारणा राख्ने कार्यक्रम पनि छ। उनले निर्वाचनको नतिजा, आन्तरिक तनावसहित बालेन शाह नेतृत्वमा बन्न लागेको सरकारको विषयमा पनि धारणा राख्न लागेका हुन् ।
आजको बैठकले संविधान संशोधन अध्ययनका लागि विज्ञ समिति गठन गर्ने तयारी गरेको छ । त्यस्तै, १५ औँ महाधिवेशन तयारी, उम्मेदवारसँग प्रदेशस्तरीय निर्वाचन समीक्षा, प्रदेश तथा स्थानीय सरकारको प्रभावकारी सञ्चालन, भ्रातृ संघ, शुभेच्छुक संस्था तथा जनसम्पर्क समितिबारे छलफल बैठकको मुख्य एजेन्डा रहेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।





























प्रतिक्रिया