नेताको घरमा भेटिएको पैसाबारे अनुसन्धान हुनुपर्छ : सभापति थापा

नेताको घरमा भेटिएको पैसाबारे अनुसन्धान हुनुपर्छ : सभापति थापा

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नेताका घरमा भेटिएका पैसाबारे अनुसन्धान हुनुपर्ने बताएका छन् । 

‘जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नेताका घरमा भेटिएका पैसाको कानुनसम्मत अनुसन्धान हुनुपर्छ,’ सभापति थापाले भने, ‘अनुसन्धान गर्ने विषय सार्वजनिक खपतको विषय मात्रै हुनुहुन्न । निष्कर्ष निकालिनुपर्छ ।’

सभापति थापाले अख्तियारको दुरुपयोग र नीतिगत भ्रष्टाचारका विषयमा पनि तथ्यसंगत छानबिन गरिनुपर्ने बताए।

Logo