बालेनको ‘शपथको साइत’प्रति अर्थमन्त्री खनालकाे असन्तुष्टि

बालेनको ‘शपथको साइत’प्रति अर्थमन्त्री खनालकाे असन्तुष्टि

केन्द्रबिन्दु
1.92k
Shares

काठमाडौं । भावी प्रधानमन्त्री बालेन शाहकाे सपथमा ज्योतिषीय साइत हेर्ने परम्पराप्रति अर्थमन्त्री रामेश्वर खनालले असहमति जनाएका छन् ।

आगामी १३ गते दिउँसो १२:३४ बजेको साइतमा बालेनले सपथ लिने समाचारहरू सार्वजनिक भएसँगै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै खनालले शासकीय जिम्मेवारी सम्हाल्ने प्रक्रियामा ज्योतिषीय साइत हेर्ने परम्पराप्रति असहमति जनाएका हुन्।

खनालले कसैप्रति द्वेषभाव नराखी आफ्नो विचार राखेको उल्लेख गर्दै साइत हेरेर शपथ लिने पुरानो परम्परा आफूलाई कत्ति पनि मन नपरेको बताएका छन्। उनले भनेका छन्, ‘यो साइत देखाएर सपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन !!
हामीलाई साइत हेर्ने, देखाउने छुट वा समय नै थिएन !!! तर, इतिहासमा पहिलो पटक स्वच्छ निर्वाचन सम्पन्न भयो त !!!!’

Logo