एमाले अखिलले ११ बजे रत्नपार्कमा प्रदर्शन गर्ने

एमाले अखिलले ११ बजे रत्नपार्कमा प्रदर्शन गर्ने

केन्द्रबिन्दु
114
Shares

काठमाण्डौं । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले उपत्यकामा रहेका आफ्ना सबै नेता कार्यकर्तालाई ११ बजे रत्नपार्कमा स्थित पुरानो रातो घरमा उपस्थित हुन आह्वान गरेको छ ।

अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष अन्जना शिवाकोटीका अनुसार पार्टी अध्यक्ष प्रतिशोध र वदनियत पुर्ण ढगंबाट पार्टी अध्यक्षलाई प्रकाउ गरेपछि विरोधमा देश भरी प्रर्दशन गर्ने र काठमाण्डौंमा ११ बजे रत्नपार्कमा जम्मा हुने र आज बस्ने एमाले सचिवालय बैठकले गर्ने निर्यण अनुसार संगठन अगाडि बढ्ने बताईन् ।

नवगठित सरकारले आफ्नो पार्टीका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रकाउ गरेपछि एमाले सचिवालय बैठकपनी आजै पार्टी केन्द्रीय कार्यलय च्यासलमा सचिवालय ८ : ३० बजे बस्दै छ ।

ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई शनिबार बिहान भक्तपुरबाट पक्राउ गरेर भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ ।

Logo