गृहमन्त्री गुरुङले सुरक्षा चुनौतीबारे आईजीपीहरूसँग गरे छलफल

गृहमन्त्री गुरुङले सुरक्षा चुनौतीबारे आईजीपीहरूसँग गरे छलफल

केन्द्रबिन्दु
90
Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालसँग सुरक्षा चुनौतीबारे छलफल गरेका छन् ।

जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको शुक्रबारको निर्णयसँगै आज बिहान तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परेका थिए। दुई शीर्ष नेताको पक्राउपछि काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा दिनभर प्रदर्शन र झडपका घटना भएपछि गृहमन्त्री गुरुङले सुरक्षा प्रमुखहरूलाई मन्त्रालयमा बोलाएका थिए ।

छलफलका क्रममा गृहमन्त्री गुरुङले दिनभरको सुरक्षा अवस्था र प्रदर्शनका क्रममा भएका तनावपूर्ण स्थितिबारे जानकारी लिएका थिए । स्रोतका अनुसार गृहमन्त्रीले कानुन कार्यान्वयनको प्रक्रियामा उत्पन्न हुन सक्ने सम्भावित मुठभेडलाई रोक्न र शान्ति सुरक्षा कायम राख्न सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा रहन निर्देशन दिएका छन् ।

बैठकमा सुरक्षा प्रमुखहरूले देशभरको वस्तुस्थिति र जनशक्ति परिचालनको अवस्थाबारे ब्रिफिङ गरेका थिए।

Logo