काठमाडौं। गृहमन्त्री सुधन गुरुङले सुरक्षा निकायलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने बताएका छन् ।सोमबार प्रहरी प्रधान कार्यालय, नक्सालको निरीक्षण गर्दै उनले यस्तो बताएका हुन्। निरीक्षणका क्रममा उनले डिजिटल फरेन्सिक ल्याब, अपराध अनुसन्धान विभाग लगायतका संरचनाको अवलोकन गरेका थिए ।
उच्च प्रहरी अधिकृतहरूलाई निर्देशन दिँदै उनले प्रहरी सेवामा नागरिकमैत्री व्यवहार आवश्यक रहेको बताए । सर्वसाधारणसँगको बोली र व्यवहार सुधार गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
गृहमन्त्री गुरुङले प्रहरीलाई आधुनिक प्रविधिले सुसज्जित बनाउने, अनुसन्धान क्षमता बढाउने र सेवा प्रभावकारी बनाउने लक्ष्य रहेको बताएका छन् ।
प्रहरीका लागि आवश्यक रासन, पोशाक र अन्य सामग्री गुणस्तरीय हुनुपर्ने भन्दै उनले आवश्यक परे देशमै उत्पादन प्रणाली विकास गर्ने सोचसमेत अघि सारेका छन् ।































प्रतिक्रिया