काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सांसदहरुसंग आफ्नो क्षेत्रका समस्या र समाधानका उपायबारे छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रदेशगत रूपमा सांसदहरूलाई बोलाएर आ–आफ्ना क्षेत्रका समस्या प्रस्तुत गर्न भनेका हुन् ।
कोशी प्रदेशका सांसद यज्ञमणि न्यौपानेका अनुसार छलफलमा सडक, विकास र अन्य स्थानीय समस्याबारे जानकारी गराइएको थियो । जवाफमा प्रधानमन्त्री शाहले समस्याको समाधानका लागि बजेट र प्राथमिकता स्पष्ट गर्नुपर्ने बताएका छन् । केही समस्या तत्काल समाधान गर्न सकिने र केहीका लागि समय लाग्ने उनको भनाइ रहेको सांसद न्यौपानेले बताएका छन् ।
प्रधानमन्त्रीले उठेका समस्यालाई प्राथमिकताका आधारमा समाधान गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन् ।































प्रतिक्रिया