हर्क साम्पाङले आफूलाई ज्यान मार्ने धम्की दिने टिकटकरविरुद्ध साइबर ब्यूरोमा दिए उजुरी

हर्क साम्पाङले आफूलाई ज्यान मार्ने धम्की दिने टिकटकरविरुद्ध साइबर ब्यूरोमा दिए उजुरी

केन्द्रबिन्दु
54
Shares

काठमाडौं | श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूलाई ज्यान मार्ने धम्की दिने एक व्यक्तिविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएका छन्।

सामाजिक सञ्जाल टिकटकमार्फत सार्वजनिक रूपमा आफ्नो ज्यान लिने धम्की दिएको र सामाजिक सद्भाव बिथोल्ने खालका अभिव्यक्ति दिएको भन्दै उनले कारबाहीको माग गरेका हुन्। अध्यक्ष साम्पाङका अनुसार, एक टिकटकरले भिडियो सन्देशमार्फत उनलाई भौतिक आक्रमण गर्ने र ज्यान लिने चेतावनी दिएकी थिइन् । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि साम्पाङले कानुनी उपचारको बाटो रोजेका हुन्।

Logo