काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ अनुमति दिन अदालतले अस्विकार गरेको छ ।
धादिङकी शोभा पाठकले पहिल्यै तामेलीमा राखिएको मुद्दामा पक्राउ अनुमति माग गर्दै जिल्ला प्रहरी परिसर, भद्रकालीमा दायर गरेको निवेदनका आधारमा प्रहरीले अनुमति माग्दै पुनः मिसिल पेश गरेको थियो ।
तर न्यायाधीश ध्रुव कार्कीको बेञ्चले अनुमति नदिएको हो ।
बस्नेत विवाहित हुन् भने धादिङ ज्वालामुखी -७ की जानुका पाठक उर्फ शोभा पनि विवाहित हुन् । तर बस्नेतसँग ‘एक्स्ट्रा अफेयर’बताउने शोभा पछिल्लोसमय भने बलात्कारको आरोप लगाउँदै आएकी छन् । यति मात्र होइन, पटकपटक गर्भपतन गराएको भनी गम्भीर आरोप पनि लगाउँदै आएकी छन् । तर यसअघि सरकारी वकिल कार्यालयले जाहेरीकर्ताको आरोप झुटा, बनावटी, तथ्यहीन, भ्रामक तथा कपोकल्पित भएको भन्दै मुद्दा नचलाउने निष्कर्षमा पुगेको थियो ।





























प्रतिक्रिया