काठमाडौं । सरकारले चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले चैत १९ गते बिहीबारका दिन दिउँसो २ बजे दुवै सदनको बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरी पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
नेपालको संविधानको धारा ९३ अनुसार प्रतिनिधि सभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र अधिवेशन आह्वान गरिसक्नु पर्ने उल्लेख छ भने संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । कानुनी व्यवस्था अनुसार चैत्र २७ गते अधि नै संसदमा सभामुखको चयन हुनु पर्ने छ ।































प्रतिक्रिया