काठमाडौं । नेकपा (एमाले)का युवा नेता सुहाङ नेम्वाङले संसदीय दलको नेता आफू चयन हुन नसक्नु स्वाभाविक र लोकतान्त्रिक अभ्यासका रूपमा स्विकार्ने बताएका छन् ।
संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चुनिएपछि नेता नेम्वाङले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई नकारात्मक ढंगले हेर्न नहुने प्रस्ट पारेका हुन् । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय दलको नेता चयनका लागि आज च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकमा उपाध्यक्ष बादल र नेम्वाङ दुवैले संसदीय दलको नेतामा आफ्नो अडान राखेका थिए । अन्ततः बादल निर्विराेध चुनिए ।
त्यसपछि नेम्वाङले भने, “पार्टीभित्र संसदीय दलको नेता चयन गर्ने बेलामा हामीले लोकतान्त्रिक अभ्यासलाई अवलम्बन गरेका हौँ। यसमा कुनै पनि प्रकारको दबाब थिएन। मभन्दा अर्को उम्मेदवार संसदीय दलको नेता हुन बढी योग्य छ भन्ने ठानेर नै यो परिणाम आएको हुन सक्छ। यसलाई हामीले सकारात्मक रूपमा लिनुपर्छ।”
निर्वाचन प्रक्रिया स्वच्छ र निष्पक्ष रहेको दाबी गर्दै उनले पार्टीका सांसदहरूले आफ्नो स्वविवेक प्रयोग गरेर नेता चयन गरेको उल्लेख गरे ।





























प्रतिक्रिया