बादल संसदीय दलको नेता चुनिएपछि योगेश भट्टराईले भने- ‘पार्टीलाई थप चिन्तित बनाइयो’

बादल संसदीय दलको नेता चुनिएपछि योगेश भट्टराईले भने- ‘पार्टीलाई थप चिन्तित बनाइयो’

केन्द्रबिन्दु
72
Shares

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन भएको प्रक्रियाप्रति नेता योगेश भट्टराईले गम्भीर आपत्ति जनाएका छन् ।

हालै सम्पन्न निर्वाचनबाट पार्टीले व्यहोर्नुपरेको धक्का र प्रतिकूल राजनीतिक परिस्थितिका बीच नेतृत्वले अपनाएको छनोट शैलीले पार्टीभित्र थप चिन्ता बढाएको उनको तर्क छ।

आफ्नो धारणा सार्वजनिक गर्दै नेता भट्टराईले निर्वाचनबाट पार्टीलाई गम्भीर धक्का लागेको र नेतृत्वप्रति व्यापक जनगुनासो रहेको अवस्थामा पार्टीको व्यापक पुनर्गठन आवश्यक रहेको बताए । पार्टी अध्यक्ष स्वयं गिरफ्तारीमा रहेको र आन्दोलनले बहुआयामिक प्रतिकूलताको सामना गरिरहेको बेला संसदीय दलको नेता छान्दा अपनाइएको तरिका र शैली त्रुटिपूर्ण रहेको उनको दाबी छ।

भट्टराईले केही दिनको समय लिएर पार्टी नेतृत्व र माननीय सांसदहरूका बीचमा गहन छलफल गरी उच्च स्तरको समझदारीमा पुग्नुपर्नेमा जोड दिएका छन् । तर, समझदारीको सट्टा सांसदहरूलाई दबाबमा राखेर निर्णय लिइएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । “सांसदहरूलाई दबाबमा राखेर जे गरियो, यो राम्रो भएन,” भट्टराईले भने ।

Logo