समयको महत्त्व नबुझ्नेले देश बनाउन सक्दैनन् -हर्क साम्पाङ

समयको महत्त्व नबुझ्नेले देश बनाउन सक्दैनन् -हर्क साम्पाङ

केन्द्रबिन्दु
18
Shares

काठमाडौं‌। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले प्रतिनिधि सभाको पहिलो बैठकमा नै आफ्नो आक्रामक शैली प्रस्तुत गरेका छन् ।

बैठकलाई सम्बोधन गर्दै साम्पाङले संसद्को समय व्यवस्थापन र विभेदकारी अभ्यासमाथि कडा प्रश्न उठाएका हुन् । सम्बोधनको सुरुवातमै साम्पाङले संसद्को समयपालनामाथि प्रश्न उठाए । “हामी देश परिवर्तन गर्न आएका हौँ, तर आफैँ परिवर्तन हुन सकेका छैनौँ,” उनले भने, “अघिल्लो पटक हामी १२ मिनेट ढिलो थियौँ, आज १६ मिनेट ५५ सेकेन्ड ढिलो भयौँ। यो जनताको अपमान हो। नेपाली समय हो, ढिलो भइहाल्छ नि भन्ने मानसिकताले नै देश पछाडि परेको हो।”

उनले थपे, “प्रत्येक मिनेटको महत्त्व यो सदन र सरकारले बुझोस्। अबका दिनमा बैठक सुरु हुनुभन्दा ५ मिनेट अगावै उपस्थित हुने संस्कार बसाल्नुपर्छ।”

साम्पाङले संसदभित्र सत्तापक्ष र प्रतिपक्षबीच समय बाँडफाँडमा विभेद भएको गुनासो गरे । पूर्ववक्ताहरूको प्रसंग जोड्दै उनले भने, “सत्तापक्षकाले ४० मिनेट बोल्दा पनि हुने, तर हामीजस्ता जनमत प्राप्त प्रतिनिधिले दुई मिनेटमै कुरा टुङ्ग्याउनुपर्ने? यो कस्तो अभ्यास हो? हामी पनि जनताका माग र आवश्यकता राख्न आएका हौँ, हामीलाई प्रशस्त समय दिइनुपर्छ।”

Logo