काठमाडौँ । सर्वोच्च अदालतले संवैधानिक इजलाससम्बन्धी कामलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन छुट्टै वेब पोर्टल सञ्चालनमा ल्याएको छ ।
पोर्टलमार्फत अब मुद्दाको अवस्था, आदेश र फैसला अनलाइनमै हेर्न सकिने व्यवस्था गरिएको छ । संवैधानिक इजलासमा हाल २८२ भन्दा बढी मुद्दा विचाराधीन छन्, जसमध्ये धेरै पुराना मुद्दा पनि छन् ।
इजलासको कामलाई गति दिन अब हप्तामा दुई दिन अनिवार्य रूपमा सुनुवाइ गर्ने तयारी गरिएको छ । तीन महिनाभित्र कम्तीमा एक तिहाइ मुद्दा फर्छ्यौट गर्ने लक्ष्य पनि राखिएको छ ।
न्यायालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित अनलाइन सेवा, भर्चुअल बहस र ‘लाइभ स्ट्रिमिङ’ विस्तार गर्ने तयारी पनि अघि बढाइएको सर्वोच्चले जनाएको छ ।































प्रतिक्रिया