काठमाडौं
एमाले र माओवादी केन्द्र बीच एकता गर्न गठित पार्टी एकता संयोजन समितिको बैठक सम्पन्न भएको छ । एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा बैठक बसेको थियो । "/>

बालकोट बैठकको तीन बुँदे निर्णय यस्तो…!

बालकोट बैठकको तीन बुँदे निर्णय यस्तो…!

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
एमाले र माओवादी केन्द्र बीच एकता गर्न गठित पार्टी एकता संयोजन समितिको बैठक सम्पन्न भएको छ । एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा बैठक बसेको थियो ।पार्टी एकता र नयाँ सरकार गठन लगायतका विवादित विषयलार्इ सुल्झ्याउनका लागि बैठक बसेको थियो । हिजोको बैठकले पनि ति विवादित विषयलार्इ किनारा लगाउन सकेन । माओवादी अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार मनहरि तिमल्सिनाका अनुसार तीन वटा निर्णय भएको छ । यस्ता छन् निर्णयहरु :

(१) प्रदेश सरकार गठन र राष्ट्रिय सभा निर्वाचनका लागि गठित कार्यदलकाे रिपाेर्ट अनुमाेदन गर्ने

(२) साझा चुनावी घाेषणा पत्रमा उल्लेखित विकास र समृद्धिकाे एजेण्डाकाे कार्यान्वयनका लागि गृहकार्य गर्न नयाँ कार्यदल गठन गर्ने

(३) एमाले अध्यक्ष केपी अाेली  र माअाेवादी अध्यक्ष प्रचण्डबीच जारी छलफललाई निष्कर्षमा पुर्‍यार्इ वैचारिक र सांगठानिक कार्यदल बनाउने

त्यस्तै, ओली निवासको बैठकले वाम गठबन्धनको साझा घोषणा पत्रमा उल्लेख भएको सुशासन र समृद्धिको लक्ष्य हासिल एमाले उपाध्यक्ष बामदेव गौतमको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको छ ।

नयाँपत्रिकाबाट

Logo