प्रदेश सांसदहरुले ‘शपथ’मा के खाए ?

प्रदेश सांसदहरुले ‘शपथ’मा के खाए ?

केन्द्रबिन्दु
0
Shares

आइतबार ७ वटै प्रदेशका प्रदेशसभा सांसदहरुले शपथ खाएका छन् ।

उनीहरुको सपथ ‘ईश्वरको नाममा’ रहेको थियो । तर कसैले ‘ईश्वर’को ठाउँमा ‘जनता’ उच्चारण गर्न चाहेमा त्यो गर्न सक्ने भनिएको थियो ।

सपथग्रहणको व्यहोरा नेपालीमा छ तर सांसदहरुले आफ्नो मातृभाषामा अनुवाद गरेर पनि सपथ लिएका छन् ।

उनीहरुले जनताको सोझो चिताई, पक्षपात नगरी, पूर्वाग्रह वा खराब भावना नलिई पदीय गोपनियता कायम राखी इमान्दारीका साथ कामकाज गर्ने सपथ खाएका छन् ।

यस्तो छ सपथको ढाँचाः

म (सम्बन्धित सदस्यको पूरा नाम) ………………………………….. मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्छुरईश्वरको नाममा शपथलिन्छु कि नेपालको सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा रहेको नेपालको संविधानप्रति पूर्ण बफादार रहँदै प्रदेशसभाको सदस्य पदको कामकाज प्रचलित कानुनको अधीनमा रही मुलुक र जनताको सोझो चिताई, कसैको डर नमानी, पक्षपात नगरी, पूर्वाग्रह वा खराब भावना नलिई पदीय गोपनीयता कायम राखी इमान्दारीका साथ गर्नेछु ।
मितिः– दस्तखतः–
नाम, थरः–

Skip This
Logo